हजुरबाबाले भन्नुहुन्थ्यो,
नानी,
देशको अस्मिताको संरक्षण गर्नु
अज्ञानताको मुहारमा ज्ञानको दियो जलाउनु
चह¥याईरहेको घाऊमा मलमपट्टी लगाउनु,
तर बिडम्बना , हजुरबाको उपदेश उल्टो हुन गयो
आज,
कलिला कयौ मुनाहरु कन्टेनरमा नाचिरहेछन्
विगत,वर्तमान र आगत त्यही देखिरहेछन्
देश धान्ने बालक आज खाते बन्न विवश छन्
लाचार,
वर्तमानले आज कन्टेनरमा खाते हुर्काएको छ
एउटा सिङ्गो जिन्दगी
यथार्थता भन्दा धेरै पल्तिर
क्षितिजमा अड्केको छ
नशा अनि र्दुव्यशनले आकाश ओढेको छ
कन्टेनरको ओछ्यानमा पल्टिरहेको छ
न त फर्काउन सक्छु न त फर्कन नै सक्छु
यस्तै यस्तै छ खाते अनि मेरो व्यथा
अस्तित्वहीन जिन्दगीको यस्तै छ मेरो आत्मकथा
अस्तित्वहीन जिन्दगीको यस्तै छ मेरो आत्मकथा ।।
अन्तिम अनुरोध
सुन्दर बिहानी सगैंको सुन्दर कामना
सफलता चुमिरहनु हरदम जिवनमा यही कामना
तिमीले घृणानै गरेपनि मलाई आउँछ सम्झना
तिमीलाई सदैव हाँसो,खुशि मिलोस ,यहि मेरो चाहना
सुख दुःखमा साथ दिने वचन साथी रैछ तिम्रो वाहना
साहै« ढिला भएनी,भताभुङ्ग म भएनी
मुटुफुटी मुत्युश¥यामै म पुगेनी
अनुरोध यो म गर्छु,,
स्वार्थको त्यो तिम्रो पोको नफुकाऊ
अब तिमी साथको भवना नदेखाऊ
मेरो निश्छल मन त टुक्रा टुक्रा पा¥यौ तिमीले
तर प्राथना अन्तिम यो गर्छु ,
हाँसी रहन पाऊ तिमी जहिले
मेरो जस्तो विश्वास नडगमगाओस कहिल्यै
तिम्रो नाम दियो सरी बलेको,हावा सरी बहेको
टाढैबाट भएनी,सुन्न र देख्न पाउँ मैले ।



No comments:
Post a Comment